Home / Issues / काभ्रेपलाञ्चोकः मलमूत्र खुवाई कुटपिट गरेर दलित महिलाको हत्या
External News Source Link
External Video Link
External Media Link
Related Report Link

काभ्रेपलाञ्चोकः मलमूत्र खुवाई कुटपिट गरेर दलित महिलाको हत्या

2020-08-31

Urgent Appeal

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार काभ्रेपलाञ्चोक जिल्ला सानो वाङथली–७ की लक्ष्मी परियार (३२) को स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतले मलमूत्र खुवाई कुटपिट गरेका थिए । स्थानीय प्रहरी चौकी चौवासका इन्चार्ज प्रेमपुकार चौधरीले उक्त घटनालाई स्थानीय तहमै मिलापत्र गराई उल्टो पीडित लक्ष्मी परियारलाई ६ हजार रुपैयाँ जरिवाना गराएका थिए । कुटपिटका कारण मिति २०७३ मङसिर २४ गते लक्ष्मी परियारको मृत्यु भएको थियो । तीन सन्तानकी आमा रहेकी परियारलाई हिरा लामा र उनकी आमाले स्थानीय सूर्योदय माध्यमिक विद्यालयको आँगनमा पोलमा बाँधी जातीय विभेद हुने किसिमका गाली गलौज गर्दै मलमूत्र समेत खुवाएका थिए । घटना भएको स्थान जिल्ला सदरमुकाम बनेपादेखि ६७ किलोमिटर उत्तर–पूर्वमा पर्दछ ।

पीडितलाई न्याय दिलाउन र दोषिलाई कानुन बमोजिम कारवाही गराउनका लागि हामीलाई तपाइँको अपिलको खाँचो छ ।

.................................................

घटना विवरणः

काभ्रेपलाञ्चोक जिल्ला सानोवाङथली–७ की लक्ष्मी परियार (३२) को स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतले २०७३ मङ्सिर २० गते मलमूत्र खुवाई कुटपिट गरेका थिए ।

घटनाको सम्बन्धमा गरिएको स्थलगत अध्ययन, मृतक लक्ष्मी परियारका माइला छोरा सुमन (१०) र प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा घटना भएको दिन साँझ ४ बजेतिर च्याङ्वा तामाङको मेलाबाट फर्किँदै थिइन् । विद्यालय छुट्टी भएपछि मोटरसाइकलमा घर फर्किँदै गरेका लामालाई परियारले ‘लामा चढेको मोटरसाइकल चोरीको भएको’ भनेकी थिइन् । त्यसपछि लामाले परियारलाई जातीय विभेद हुने खालका गालीगलौज गरेका थिए । त्यहीँ विषयमा केहीबेर भनाभन भएको थियो । त्यसपछि लामाले घरमा गई आफ्नी आमा काइँलीमायाँ लामालाई समेत मोटरसाइकलमा राखी विद्यालयसम्म ल्याएका थिए ।

लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी “तँ दमिनी”लगायतका शब्दहरु प्रयोग गर्दै निर्घात कुटपिट गर्नुका साथै काइँलीमायाले चाउचाउको खोलमा दिसा ल्याई मुखमा कोचिदिने प्रयास गरेकी थिइन् । लक्ष्मी परियारले त्यसको प्रतिकार गरेपछि उनीहरुले जबरजस्ती अनुहारभरि दिसा दलिदिएका थिए । उनलाई बाँध्ने कार्यमा विद्यालय नजिकै चियापसल चलाउँदै आएकी निरमाया तामाङ्ले प्रत्यक्ष सहयोग गरेकी थिइन् ।

घटना भएको भोलिपल्ट मङ्सिर २१ गते बुधबार उल्टै लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध ‘निरमाया तामाङ्को भैंसी काटिदिएको’ कसुरमा प्रहरी चौकी चौवास, काभ्रेपलाञ्चोकमा उजुरी गरेका थिए । प्रहरीले बुधबार आउने भन्दै पठाएको थियो । यता काठमाडौंमा सिलाइकाम गर्दै आएका लक्ष्मीका श्रीमान मिलन नेपाली घटना बारे थाहा पाइसकेपछि आफ्ना साला लोकबहादुर परियारलाई बुधबार बिहान ८:३० मा फोन नं. ९८१८९२९१६० मा ९८२३६३०५८१ बाट खबर गरी बुधबारै घर पुगेका थिए । बुधबार प्रहरी नआइसकेपछि श्रीमती कुटिएकोबारे छलफल गर्न उनी २३ गते बिहीबार विहानै ससुराली गए ।

मिलन ससुराली गएको केही समयपछि प्रहरी चौकी चौवासका इन्चार्ज प्रेमपुकार चौधरीको नेतृत्वको टोली घटनास्थल पुग्यो । तर, प्रहरीले लक्ष्मीमाथि भएको कुटपिट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै भैंसी काटेवापत १ हजार रुपैयाँ र २०७२ वैशाख १ गते स्थानीय एक महिलासँग भएको झगडामा लक्ष्मीले ५ हजार रुपैयाँ तीर्नुपर्ने भन्दै ६ हजार रुपैयाँ पीडक पक्षलाई जरिवाना गरी मिलापत्र गराएको थियो । मिलापत्रपछि सोही दिन दिउँसो लक्ष्मी छोरी नाता पर्ने आफन्तको विवाहमा गई मादकपदार्थ सेवनगरी फर्किएकी थिइन् । मिलन ससुराली भएकै समयमा जेठान राजकुमार परियारले ९८०३५७८५९१ बाट आफ्नी बहिनी लक्ष्मीलाई ९७४१३०८९९६ मा फोन गर्दा उनी फोनमै रुँदै गहिरो चोट लागेको र सरिरभरी निलडाम भएको बताएकी थिइन् ।

सोही दिन ४ बजे ससुरालीबाट घरजान फर्केका मिलन करिब १० बजेतिर घर फर्किएर आमाको घरमा बसेका थिए । मिलन घर नपुग्दै ९ बजे दाजु राजकुमारले बहिनी लक्ष्मीलाई पुनः फोन गरी सान्त्वना दिँदै धुलीखेल गएर उपचार गराउन सल्लाह दिएका थिए ।  लक्ष्मीकी देउरानी सरिता परियारले दिएको बयानका आधारमा २४ गते विहान मिलन सानो छोरालाई बिस्कुट किन्न भन्दै पसल तिर लागेका थिए भने लक्ष्मी माइती जानेभन्दै बाटो लागेकी थिइन् । तर घरदेखि करिब ३०० मिटरभन्दा पर रहेको गोठभन्दा उता लक्ष्मी नगएको देखेपछि देउरानी र सासूले छोरा सुमनलाई आमा कता गइ ? भन्दै अलिपरसम्म हेर्न जान अह्राएका थिए । करिब ७ बजेतिर सुमनले गोठको सुरनेरै ममी ढलेको भन्दै हजुरआमा, बाबु र काकीलाई खबर गरेका थिए । गोठको ढोकाभित्र टाउको र बाहिर शरिर रहेको अवस्थामा लक्ष्मीको लास फेला परेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले मिति २०७३ मङ्सिर २६ मा गरेका पत्रकार सम्मेलनमा “कुटपिट गरी मलमुत्र खुवाएको होइन लक्ष्मीको झुण्डिएर आत्महत्या भएको” भन्ने खबर आएकोले उनका श्रीमान मिलन नेपालीलाई समेत पक्राउ गरिएको भन्ने आशयको जानकारी गराएको थियो । जबकि प्रहरीले २४ गते तयार गरेको लासको मुचुल्कामा झुण्डिएर आत्महत्या गरेको विषयमा केही उल्लेख गरिएको छैन । 

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका लक्ष्मीका श्रीमान् मिलन नेपालीले आफूलाई प्रहरीले चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पारेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका मृतक लक्ष्मी परियारका श्रीमान मिलन नेपालीसँग संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनीधिहरुले पुष १ गते कुराकानी गरेका थिए । कुराकानीको सन्दर्भमा श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न बाध्य पारेको बताएका छन् ।

मुलुकी ऐन, २०२० को मुलुकी ऐन भाग ४ को महल १० (ज्यान सम्बन्धीको)को (१० नं.) ले “भवितव्य ठहर्ने बाहेक सन्धी कुठाउँमा हातले हान्दा त्यसै पीरले उठ्न नसकी थला परी सात दिनभित्र म¥यो वा पीडा पर्ने गरी बाँध छाँद गर्दा त्यसै पीडाले उठ्न नसकी थला परी पाँच दिनभित्र म¥यो वा जेसुकै कुरा गर्दा सोही चोट पीरको घाउ डाम पाकी त्यसै पीरले उठ्न नसकी थला परी एक्काई दिनभित्र म¥यो भने त्यसैको कर्तव्यले ज्यान मरेको ठहर्छ ।” त्यसै गरी सोही महलको अदल १३ नं.को (३)ले “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोट्ले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्व सहित जन्म कैद गर्नुपर्छ” भनेको छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार कसैले छुवाछूत गरे वा गराएमा अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

सम्बन्धित घटनाबारे थप जानकारी

लक्ष्मी परियार गाउँस्तरीय विभिन्न उपभोक्ता समिति र समूहमा रहेर स्थानीय स्तरका कार्यक्रमहरुमा दलित पक्षमा पैरवी गर्दै आएको देखिन्छ । यसअघि पनि हिरा लामाले लक्ष्मी परियारका माइला जेठाजुलाई दोस्रो संविधानसभाको चुनावमा आफू समर्थित दललाई भोट नदिएको भनी खाना खाँदै गरेको अवस्थामा घरबाहिर निकाली कुटपिट गरेका थिए । हिरा लामाको मनपरीविरुद्ध प्रश्न उठाउँदा लक्ष्मी परियारलाई उनले यसअघि पनि विभिन्न समयमा लखेट्दै कुटपिट गर्ने प्रयास गरेका थिए ।     

लक्ष्मी परियारको हत्याको मुख्य कारक दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक जीवनमा उनीहरुको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्ति नै हो भन्ने हाम्रो ठहर छ । त्यसमाथि गम्भीर प्रकृतिको फौजदारी अपराधमा समेत प्रहरी प्रसासनकै मिलेमतोमा पीडितको सहमतिविना “मिलापत्र” गराइनुले दलित तथा सिमान्तीकृत समुदायमाथि प्रहरी प्रशासनको दृष्टिकोणलाई उदाङ्गो पारिनुका साथै सङ्घीय गणतान्त्रीक नेपालको धज्जी उडाइदिएको छ, यसर्थ योे गैरजिम्मेवारीपना प्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ ।

लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै जरिवाना तिराउने कार्य गरी राज्यपक्षबाट गम्भीर मानवअधिकार उल्लङ्घन भएको छ । काटिएको भनिएको भैंसी स्थलगत अध्ययनको क्रममा सकुसल पाइएको छ ।

विशेषगरी दलित समुदायसँग सम्बन्धित सवालमा राज्यले देखाउने उदाशीनता र पूर्वाग्रहका कारण यस घटनाका पीडितलाई न्याय दिलाउन, मिलापत्रमा संलग्न प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न र यसप्रकारका घटनाहरु नदोहोरिउन् भन्नका खातिर निरन्तर दबाब र खबरदारीका लागि आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछौं ।                

दवावका लागि सुझावः

क्रिपया यो जघन्य मानवअधिकार उल्लङ्घनको घटनामा तल उल्लेखित ठेगानामा फोन, फ्याक्स र इमेल गरी घटनाबारे आफ्नो गम्भीर चासो व्यक्त गर्नुहोस् !



To support this case, please click here:
SAMPLE LETTER:
Dear __________,

काभ्रेपलाञ्चोकः मलमूत्र खुवाई कुटपिट गरेर दलित महिलाको हत्या

Name Of Victim: Ms. Laxmi Pariyar and her family

Names of alleged perpetrators: Mr. Hira Lama, Ms. Kailimaya Lama, Ms. Nirmaya Tamand and Mr. Prempukar Chaudhari, Police Incharge of Police Post Chaubas, Kavrepalanchowk

Date of incident: 2016-12-05

Place of incident: 12/19/2016

काभ्रेपलाञ्चोक जिल्ला सानोवाङथली–७ की लक्ष्मी परियार, ३२ को स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतले २०७३ मङ्सिर २० गते मलमूत्र खुवाई कुटपिट गरेका कारण भएको मृत्युप्रति मेरो ध्यानाकर्षण भएको छ ।  

घटनाको सम्बन्धमा गरिएको स्थलगत अध्ययन, मृतक लक्ष्मी परियारका माइला छोरा सुमन (१०) र प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा घटना भएको दिन साँझ ४ बजेतिर च्याङ्वा तामाङको मेलाबाट फर्किँदै थिइन् । विद्यालय छुट्टी भएपछि मोटरसाइकलमा घर फर्किँदै गरेका लामालाई परियारले ‘लामा चढेको मोटरसाइकल चोरीको भएको’ भनेकी थिइन् । त्यसपछि लामाले परियारलाई जातीय विभेद हुने खालका गालीगलौज गरेका थिए । त्यहीँ विषयमा केहीबेर भनाभन भएको थियो । त्यसपछि लामाले घरमा गई आफ्नी आमा काइँलीमायाँ लामालाई समेत मोटरसाइकलमा राखी विद्यालयसम्म ल्याएका थिए ।

लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी “तँ दमिनी”लगायतका शब्दहरु प्रयोग गर्दै निर्घात कुटपिट गर्नुका साथै काइँलीमायाले चाउचाउको खोलमा दिसा ल्याई मुखमा कोचिदिने प्रयास गरेकी थिइन् । लक्ष्मी परियारले त्यसको प्रतिकार गरेपछि उनीहरुले जबरजस्ती अनुहारभरि दिसा दलिदिएका थिए । उनलाई बाँध्ने कार्यमा विद्यालय नजिकै चियापसल चलाउँदै आएकी निरमाया तामाङ्ले प्रत्यक्ष सहयोग गरेकी थिइन् ।

घटना भएको भोलिपल्ट मङ्सिर २१ गते बुधबार उल्टै लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध ‘निरमाया तामाङ्को भैंसी काटिदिएको’ कसुरमा प्रहरी चौकी चौवास, काभ्रेपलाञ्चोकमा उजुरी गरेका थिए । प्रहरीले बुधबार आउने भन्दै पठाएको थियो । यता काठमाडौंमा सिलाइकाम गर्दै आएका लक्ष्मीका श्रीमान मिलन नेपाली घटना बारे थाहा पाइसकेपछि आफ्ना साला लोकबहादुर परियारलाई बुधबार बिहान ८:३० मा फोन नं. ९८१८९२९१६० मा ९८२३६३०५८१ बाट खबर गरी बुधबारै घर पुगेका थिए । बुधबार प्रहरी नआइसकेपछि श्रीमती कुटिएकोबारे छलफल गर्न उनी २३ गते बिहीबार विहानै ससुराली गए ।

मिलन ससुराली गएको केही समयपछि प्रहरी चौकी चौवासका इन्चार्ज प्रेमपुकार चौधरीको नेतृत्वको टोली घटनास्थल पुग्यो । तर, प्रहरीले लक्ष्मीमाथि भएको कुटपिट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै भैंसी काटेवापत १ हजार रुपैयाँ र २०७२ वैशाख १ गते स्थानीय एक महिलासँग भएको झगडामा लक्ष्मीले ५ हजार रुपैयाँ तीर्नुपर्ने भन्दै ६ हजार रुपैयाँ पीडक पक्षलाई जरिवाना गरी मिलापत्र गराएको थियो । मिलापत्रपछि सोही दिन दिउँसो लक्ष्मी छोरी नाता पर्ने आफन्तको विवाहमा गई मादकपदार्थ सेवनगरी फर्किएकी थिइन् । मिलन ससुराली भएकै समयमा जेठान राजकुमार परियारले ९८०३५७८५९१ बाट आफ्नी बहिनी लक्ष्मीलाई ९७४१३०८९९६ मा फोन गर्दा उनी फोनमै रुँदै गहिरो चोट लागेको र सरिरभरी निलडाम भएको बताएकी थिइन् ।

सोही दिन ४ बजे ससुरालीबाट घरजान फर्केका मिलन करिब १० बजेतिर घर फर्किएर आमाको घरमा बसेका थिए । मिलन घर नपुग्दै ९ बजे दाजु राजकुमारले बहिनी लक्ष्मीलाई पुनः फोन गरी सान्त्वना दिँदै धुलीखेल गएर उपचार गराउन सल्लाह दिएका थिए ।  लक्ष्मीकी देउरानी सरिता परियारले दिएको बयानका आधारमा २४ गते विहान मिलन सानो छोरालाई बिस्कुट किन्न भन्दै पसल तिर लागेका थिए भने लक्ष्मी माइती जानेभन्दै बाटो लागेकी थिइन् । तर घरदेखि करिब ३०० मिटरभन्दा पर रहेको गोठभन्दा उता लक्ष्मी नगएको देखेपछि देउरानी र सासूले छोरा सुमनलाई आमा कता गइ ? भन्दै अलिपरसम्म हेर्न जान अह्राएका थिए । करिब ७ बजेतिर सुमनले गोठको सुरनेरै ममी ढलेको भन्दै हजुरआमा, बाबु र काकीलाई खबर गरेका थिए । गोठको ढोकाभित्र टाउको र बाहिर शरिर रहेको अवस्थामा लक्ष्मीको लास फेला परेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले मिति २०७३ मङ्सिर २६ मा गरेका पत्रकार सम्मेलनमा “कुटपिट गरी मलमुत्र खुवाएको होइन लक्ष्मीको झुण्डिएर आत्महत्या भएको” भन्ने खबर आएकोले उनका श्रीमान मिलन नेपालीलाई समेत पक्राउ गरिएको भन्ने आशयको जानकारी गराएको थियो । जबकि प्रहरीले २४ गते तयार गरेको लासको मुचुल्कामा झुण्डिएर आत्महत्या गरेको विषयमा केही उल्लेख गरिएको छैन । 

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका लक्ष्मीका श्रीमान् मिलन नेपालीले आफूलाई प्रहरीले चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पारेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका मृतक लक्ष्मी परियारका श्रीमान मिलन नेपालीसँग संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनीधिहरुले पुष १ गते कुराकानी गरेका थिए । कुराकानीको सन्दर्भमा श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न बाध्य पारेको बताएका छन् ।

मुलुकी ऐन, २०२० को मुलुकी ऐन भाग ४ को महल १० (ज्यान सम्बन्धीको)को (१० नं.) ले “भवितव्य ठहर्ने बाहेक सन्धी कुठाउँमा हातले हान्दा त्यसै पीरले उठ्न नसकी थला परी सात दिनभित्र म¥यो वा पीडा पर्ने गरी बाँध छाँद गर्दा त्यसै पीडाले उठ्न नसकी थला परी पाँच दिनभित्र म¥यो वा जेसुकै कुरा गर्दा सोही चोट पीरको घाउ डाम पाकी त्यसै पीरले उठ्न नसकी थला परी एक्काई दिनभित्र म¥यो भने त्यसैको कर्तव्यले ज्यान मरेको ठहर्छ ।” त्यसै गरी सोही महलको अदल १३ नं.को (३)ले “लाठा ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हूल भै मारेमा यसैले मारेको वा यसको चोट्ले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्व सहित जन्म कैद गर्नुपर्छ” भनेको छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार कसैले छुवाछूत गरे वा गराएमा अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

सम्बन्धित घटनाबारे थप जानकारी

लक्ष्मी परियार गाउँस्तरीय विभिन्न उपभोक्ता समिति र समूहमा रहेर स्थानीय स्तरका कार्यक्रमहरुमा दलित पक्षमा पैरवी गर्दै आएको देखिन्छ । यसअघि पनि हिरा लामाले लक्ष्मी परियारका माइला जेठाजुलाई दोस्रो संविधानसभाको चुनावमा आफू समर्थित दललाई भोट नदिएको भनी खाना खाँदै गरेको अवस्थामा घरबाहिर निकाली कुटपिट गरेका थिए । हिरा लामाको मनपरीविरुद्ध प्रश्न उठाउँदा लक्ष्मी परियारलाई उनले यसअघि पनि विभिन्न समयमा लखेट्दै कुटपिट गर्ने प्रयास गरेका थिए ।     

लक्ष्मी परियारको हत्याको मुख्य कारक दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक जीवनमा उनीहरुको अस्तित्वलाई अस्वीकार गर्ने प्रवृत्ति नै हो भन्ने हाम्रो ठहर छ । त्यसमाथि गम्भीर प्रकृतिको फौजदारी अपराधमा समेत प्रहरी प्रसासनकै मिलेमतोमा पीडितको सहमतिविना “मिलापत्र” गराइनुले दलित तथा सिमान्तीकृत समुदायमाथि प्रहरी प्रशासनको दृष्टिकोणलाई उदाङ्गो पारिनुका साथै सङ्घीय गणतान्त्रीक नेपालको धज्जी उडाइदिएको छ, यसर्थ योे गैरजिम्मेवारीपना प्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । 

लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै जरिवाना तिराउने कार्य गरी राज्यपक्षबाट गम्भीर मानवअधिकार उल्लङ्घन भएको छ । काटिएको भनिएको भैंसी स्थलगत अध्ययनको क्रममा सकुसल पाइएको छ ।

विशेषगरी दलित समुदायसँग सम्बन्धित सवालमा राज्यले देखाउने उदाशीनता र पूर्वाग्रहका कारण यस घटनाका पीडितलाई न्याय दिलाउन, मिलापत्रमा संलग्न प्रहरी अधिकारीलाई विभागीय कारवाही गर्न र यसप्रकारका घटनाहरु नदोहोरिउन् भन्नका खातिर निरन्तर दबाब र खबरदारीका लागि आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछु ।                 

दवावका लागि सुझावः

क्रिपया यो जघन्य मानवअधिकार उल्लङ्घनको घटनामा तल उल्लेखित ठेगानामा फोन, फ्याक्स र इमेल गरी घटनाबारे आफ्नो गम्भीर चासो व्यक्त गर्नुहोस् !

Yours Sincerely,
------------------------------
PLEASE SEND YOUR LETTERS TO:

1. Mr. K.P. Sharma Oli

Prime Minister

Office of the Prime Minister and Council of Ministers of Nepal

Singh Durbar, Kathmandu

P.O. Box: 23312

NEPAL

Tel: +977 1 4211000

Fax: +977 1 4211086

Email: info@opmcm.gov.np


2. Mr. Ram Bahadur Thapa

Home Minister of Nepal

Ministry of Home Affairs

Singh Durbar, Kathmandu

NEPAL

Fax: +977 1 421-1257, 421-1286

Email: gunaso@moha.gov.np


3. Mr. Anupraj Sharma

Chairperson

National Human Rights Commission

Pulchowk, Lalitpur

NEPAL

Fax: +977 1 55 47973

Tel: +977 1 5010015

E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org


4. Mr. Agni Prasad Kharel

Attorney General

Office of Attorney General

Ramshah Path, Kathmandu

NEPAL

Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394

Fax: +977 1 4262582 / 4218051

Email: info@attorneygeneral.gov.np


5. Mr. Sarbendra Khanal

Inspector General of Police

Police Head Quarters

Naxal, Kathmandu

NEPAL

Fax: +977 1 4415593

Tel: +977 1 4412432

Email: phqigs@nepalpolice.gov.np


6. Mr. Sitaram Ghale

Member Secretary

National Dalit Commission

Lalitpur, Nepal.

P.O. Box:13785, Kathmandu

Phone:+977-1-5531148

Fax:+977-1-5531148

Email:info@ndc.gov.np


Thank you.