Urgent Appeal
सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार दैलेख जिल्ला रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई गैरदलित महिलाहरूद्वारा जातीय हिसावले अपमानका साथै कुटपिट गरिएको छ । कुटपिटका कारण सुनारको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरभर निलडाम भएको छ । कुटपिटपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएकी सुनारलाई अस्पतालले भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरेको छ । तर, आर्थिक अभावका कारण उनको थप उपचार हुन सकेको छैन । जातीय विभेदसँगै कुटपिट भएपनि प्रहरीले अझैसम्म उनको उजुरी दर्ता गरेको छैन । प्रहरीले पीडक पक्षलाई बोलाएर छलफल गराई मिलापत्र गराउने बहानामा छ भने पीडितहरु न्यायका लागि मानवअधिकारवादी संस्थाहरुसँग गुहार मागिरहेका छन् ।
घटना विवरण
दैलेख जिल्ला रानीवन गाविस–१ लामिडाँडा माइत भएकी २९ वर्षीया सरिता सुनारमाथि जातीय हिसावले अपमानसँगै कुटपिट भएको छ । मङसिर २८ गते मङ्गलबार दिउँसो करिब २ बजेतिर उनी बाख्रा चराउन स्थानीय अँधेरीगैरा वनतिर जाँदै गर्दा बाटोमा छिमेकी लालकुवाराँ सिंह (४१) र उनकी बुहारी विष्णा सिंह (२१) ले वनबाट ल्याउँदै गरेको घाँस बाख्राले खाइदिएको भन्दै सुनारलाई जातीय रुपमा अपमान गर्दै हँसियाको बिँड र लठ्ठीले टाउको, छाति र जिउमा करिब १५ मिनेटसम्म कुटपिट गरेका थिए ।
कुटपिट गर्दागर्दै सरिता बेहोस भएपछि उनीहरु घर फर्किएका थिए । कुटपिटका कारण करिब २ घन्टापछि सरिता होसमा आएकी थिइन् । होसमा आइसकेपछि उनी चिच्याउँदै गुहार मागेकी थिइन् । उनले गुहार मागेको सुनेपछि दिदी प्रेणा घटनास्थल पुगी बोकेर घरमा ल्याएकी थिइन् । घटनास्थल उनको घरदेखि करिब १ किलोमिटर टाढा रहेको छ ।
सदरमुकामदेखि करिब ३ घन्टाको कच्ची मोटरबाटो हिँडेपछि लामीडाँडा पुग्न सकिन्छ । लामीडाँडाबाट सरिताको माइती पुग्न एक किलोमिटर हिँड्नु पर्छ । घटना भएको दिन यातायातको साधन नपाइएका हुनाले सरितालाई विना उपचार घरमै राखियो । २९ गते सरिताका आफन्तले इलाका प्रहरी कार्यालय गौंडाबाजमा मौखिक उजुरी गरे । तर, प्रहरी अधिकारीहरुले बिरामीलाई पनि उपचारका लागि सदरमुकाम लैजानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमै उजुरी गर्नका लागि सल्लाह दिए ।
घटना भएको अर्कोदिन २९ गते बुधबार विहान सातबजेतिर उनलाई गाउँलेहरुले बोकेर लामिडाँडासम्म ल्याए । सोही दिन दिउँसो सरिताका भाइ चन्द्र सोनीसँगै जिल्ला सदरमुकाम आइन् र जिल्ला अस्पताल दैलेखमा भर्ना भइन् । तर, अस्पतालले गम्भीर चोटपटक लागेको भन्दै थप उपचारका लागि पुस २ गते भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँकेमा रिफर ग¥यो । २ गते पाँच नम्बर प्रदेश टुक्रयाइएको विरोधमा भन्दै भएको बन्दका कारण उनीहरु २ गते राति बसमा नेपालगञ्ज आइपुगे र ३ गते भेरी अञ्चल अस्पतालमा भर्ना भए । ३ गते नै सरिताको नेपालगञ्ज मेडिकल कलेजमा सिटीस्क्यान गरियो । तर, आर्थिक अभावका कारण उनीहरु अपचार गर्न नसक्ने अवस्थामा रहेका छन् ।
यता ३० मङसिरमा जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित सरिताका आफन्तले उजुरी गरेपछि प्रहरीले दोषिलाई पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय गौंडाबाजलाई निर्देशन दियो । इलाका प्रहरी कार्यालय गौंडाबाजले दोषि लालकुवाँरा सिंङ र उनकी बुहारी विष्णा सिंहलाई पक्राउ गरी २ पुसमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित गरायो । तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु सामान्य कुटपिट र झगडा भएकाले थप छलफल गर्ने भन्दै उजुरी दर्ता गर्न गरिरहेको छैन ।
देशभर दलित समुदायमाथि बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूत र अन्य अमानवीय व्यवहारप्रति सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्को गम्भीर ध्यानाकर्षण भएको छ ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार कसैले छुवाछूत गरे वा गराएमा अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तै मुलुकी ऐन भाग ४ को महल ९ (कुुटपीटको) ७ नं. अनुसार कुटपिटका कारण “अङ्गभङ्गको खत हुने बाहेक अरु अङ्ग फोर्ने छिनाल्ने फुकाल्नेलाई सो अङ्ग निको भई काम लाग्ने भएमा दुईहजार रुपैयाँ जरिवाना र छ महीना कैद र निको भइकन पनि काम नलाग्ने भएमा वा निकै नहुने भएमा पाँचहजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको व्यवस्था गरेको छ । सरकारले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध ऐन लागू गरेको पाँच वर्ष भइसक्दा पनि कानुनबमोजिम दोषिहरुलाई कारवाही हुन सकेको छैन भने पीडितले न्याय पाउन सकिरहेका छैनन् । जागरण मिडिया सेन्टर यस घटनाका दोषिलाई कानुनअनुसार हदैसम्मको सजायको माग गर्दछ ।
विशेषगरी दलित समुदायसँग सम्बन्धित सवालमा राज्यले देखाउने उदाशीनता र पूर्वाग्रहका कारण यस घटनाका पीडितलाई न्याय दिलाउन र यसप्रकारका घटनाहरु नदोहोरिउन् भन्नका खातिर निरन्तर दबाब र खबरदारीका लागि आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछौं ।
घटनासम्बन्धी थप जानकारी
पीडित सरिता सुनारको विवाह आठ वर्षअघि स्थानीय एक युवासँग भएको थियो । उनका दुई सन्तान छोरा अनिल (६) र छोरी भावना (३) छन् । विवाहपछि श्रीमानसँगको उनको सम्बन्ध राम्रै रहेपनि दुई वर्ष अघिदेखि उनका श्रीमान घर फर्किएका छैनन् । उनका श्रीमान दोस्रो विवाह गरी भारत तिर बस्दै आएका छन् । घरमा सासू र ससुराको अपहेलना सहन नसकेपछि सरिता माइतीमा आएर आफ्ना बाबु–आमासँग बस्न थालिन् ।
लामिडाँडामा अधिकांश ठकुरी समुदायको बसोबास रहेको छ । त्यसठाउँमा सानो सङ्ख्यामा बस्दै आएका दलित समुदायहरु जातीय भेदभाव तथा छुवाछूतजस्तो अपमान भोग्न बाध्य छन् । यसअघि करिब दुई हप्ता अगाडि नै धारा छोइएको निहुँमा सरितामाथि लालकुवाँरा सिंहले कुटपिट गर्न खोज्नुका साथै अपमानपूर्ण गालीगलौज गरेकी थिइन् ।
Name Of Victim: ????? ?????
Names of alleged perpetrators: ?????????? ???? (??) ? ???? ?????? ?????? ???? (??)
Date of incident: 0000-00-00
Place of incident: ????? ?????? ?????? ?????–?
दैलेख जिल्ला रानीवन गाविस–१ लामिडाँडा माइत भएकी २९ वर्षीया सरिता सुनारमाथि जातीय हिसावले अपमानसँगै कुटपिट भएको प्रति मेरो ध्यानाकर्षण भएको छ । मङसिर २८ गते मङ्गलबार दिउँसो करिब २ बजेतिर उनी बाख्रा चराउन स्थानीय अँधेरीगैरा वनतिर जाँदै गर्दा बाटोमा छिमेकी लालकुवाराँ सिंह (४१) र उनकी बुहारी विष्णा सिंह (२१) ले वनबाट ल्याउँदै गरेको घाँस बाख्राले खाइदिएको भन्दै सुनारलाई जातीय रुपमा अपमान गर्दै हँसियाको बिँड र लठ्ठीले टाउको, छाति र जिउमा करिब १५ मिनेटसम्म कुटपिट गरेका थिए ।
कुटपिट गर्दागर्दै सरिता बेहोस भएपछि उनीहरु घर फर्किएका थिए । कुटपिटका कारण करिब २ घन्टापछि सरिता होसमा आएकी थिइन् । होसमा आइसकेपछि उनी चिच्याउँदै गुहार मागेकी थिइन् । उनले गुहार मागेको सुनेपछि दिदी प्रेणा घटनास्थल पुगी बोकेर घरमा ल्याएकी थिइन् । घटनास्थल उनको घरदेखि करिब १ किलोमिटर टाढा रहेको छ ।
सदरमुकामदेखि करिब ३ घन्टाको कच्ची मोटरबाटो हिँडेपछि लामीडाँडा पुग्न सकिन्छ । लामीडाँडाबाट सरिताको माइती पुग्न एक किलोमिटर हिँड्नु पर्छ । घटना भएको दिन यातायातको साधन नपाइएका हुनाले सरितालाई विना उपचार घरमै राखियो । २९ गते सरिताका आफन्तले इलाका प्रहरी कार्यालय गौंडाबाजमा मौखिक उजुरी गरे । तर, प्रहरी अधिकारीहरुले बिरामीलाई पनि उपचारका लागि सदरमुकाम लैजानुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमै उजुरी गर्नका लागि सल्लाह दिए ।
घटना भएको अर्कोदिन २९ गते बुधबार विहान सातबजेतिर उनलाई गाउँलेहरुले बोकेर लामिडाँडासम्म ल्याए । सोही दिन दिउँसो सरिताका भाइ चन्द्र सोनीसँगै जिल्ला सदरमुकाम आइन् र जिल्ला अस्पताल दैलेखमा भर्ना भइन् । तर, अस्पतालले गम्भीर चोटपटक लागेको भन्दै थप उपचारका लागि पुस २ गते भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँकेमा रिफर ग¥यो । २ गते पाँच नम्बर प्रदेश टुक्रयाइएको विरोधमा भन्दै भएको बन्दका कारण उनीहरु २ गते राति बसमा नेपालगञ्ज आइपुगे र ३ गते भेरी अञ्चल अस्पतालमा भर्ना भए । ३ गते नै सरिताको नेपालगञ्ज मेडिकल कलेजमा सिटीस्क्यान गरियो । तर, आर्थिक अभावका कारण उनीहरु अपचार गर्न नसक्ने अवस्थामा रहेका छन् ।
यता ३० मङसिरमा जिल्ला प्रहरी कार्यालय दैलेखमा पीडित सरिताका आफन्तले उजुरी गरेपछि प्रहरीले दोषिलाई पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय गौंडाबाजलाई निर्देशन दियो । इलाका प्रहरी कार्यालय गौंडाबाजले दोषि लालकुवाँरा सिंङ र उनकी बुहारी विष्णा सिंहलाई पक्राउ गरी २ पुसमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित गरायो । तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु सामान्य कुटपिट र झगडा भएकाले थप छलफल गर्ने भन्दै उजुरी दर्ता गर्न गरिरहेको छैन ।
देशभर दलित समुदायमाथि बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूत र अन्य अमानवीय व्यवहारप्रति जागरण मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार कसैले छुवाछूत गरे वा गराएमा अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र १ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तै मुलुकी ऐन भाग ४ को महल ९ (कुटपीटको) ७ नं. अनुसार कुटपिटका कारण “अङ्गभङ्गको खत हुने बाहेक अरु अङ्ग फोर्ने छिनाल्ने फुकाल्नेलाई सो अङ्ग निको भई काम लाग्ने भएमा दुईहजार रुपैयाँ जरिवाना र छ महीना कैद र निको भइकन पनि काम नलाग्ने भएमा वा निकै नहुने भएमा पाँचहजार रुपैयाँ जरिवाना र एक वर्ष कैदको व्यवस्था गरेको छ । सरकारले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध ऐन लागू गरेको पाँच वर्ष भइसक्दा पनि कानुनबमोजिम दोषिहरुलाई कारवाही हुन सकेको छैन भने पीडितले न्याय पाउन सकिरहेका छैनन् । म यस घटनाका दोषिलाई कानुनअनुसार हदैसम्मको सजायको माग गर्दछु ।
विशेषगरी दलित समुदायसँग सम्बन्धित सवालमा राज्यले देखाउने उदाशीनता र पूर्वाग्रहका कारण यस घटनाका पीडितलाई न्याय दिलाउन र यसप्रकारका घटनाहरु नदोहोरिउन् भन्नका खातिर निरन्तर दबाब र खबरदारीका लागि आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछु ।
Yours Sincerely,1. Mr. K.P. Sharma Oli
Prime Minister
Office of the Prime Minister and Council of Ministers of Nepal
Singh Durbar, Kathmandu
P.O. Box: 23312
NEPAL
Tel: +977 1 4211000
Fax: +977 1 4211086
Email: info@opmcm.gov.np
2. Mr. Ram Bahadur Thapa
Home Minister of Nepal
Ministry of Home Affairs
Singh Durbar, Kathmandu
NEPAL
Fax: +977 1 421-1257, 421-1286
Email: gunaso@moha.gov.np
3. Mr. Anupraj Sharma
Chairperson
National Human Rights Commission
Pulchowk, Lalitpur
NEPAL
Fax: +977 1 55 47973
Tel: +977 1 5010015
E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org
4. Mr. Agni Prasad Kharel
Attorney General
Office of Attorney General
Ramshah Path, Kathmandu
NEPAL
Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394
Fax: +977 1 4262582 / 4218051
Email: info@attorneygeneral.gov.np
5. Mr. Sarbendra Khanal
Inspector General of Police
Police Head Quarters
Naxal, Kathmandu
NEPAL
Fax: +977 1 4415593
Tel: +977 1 4412432
Email: phqigs@nepalpolice.gov.np
6. Mr. Sitaram Ghale
Member Secretary
National Dalit Commission
Lalitpur, Nepal.
P.O. Box:13785, Kathmandu
Phone:+977-1-5531148
Fax:+977-1-5531148
Email:info@ndc.gov.np