Home / Issues / भान्साका सामान छोएको निहुँमा दलित नावालकमाथि कुटपिट
External News Source Link http://kantipur.ekantipur.com/news/2017-04-01/20170401080714.html
External Video Link
External Media Link http://www.enayapatrika.com/2017/04/01/136310/
Related Report Link http://kathmandupost.ekantipur.com/news/2017-04-01/neighbours-thrash-dalit-boy-for-entering-kitchen.html

भान्साका सामान छोएको निहुँमा दलित नावालकमाथि कुटपिट

2020-08-31

Urgent Appeal

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार सुर्खेत जिल्ला बराहताल गाउँपालिका कुनाथरी -८ निबासी, बदडादा मा.वी. मा कक्षा ३ अध्ययनरत बालक भिम बहादुर विकलाई भान्साका सामान छोएको निहुँमा गैरदलित छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । 

सुर्खेतको सदरमुकाम बिरेन्द्र नगरबाट करिव ३० किलोमिटरमा पर्ने कुनाथरी गा .वी. स. वडा न -८ निबासी, बदडादा मा.वी. मा कक्षा ३ अध्ययनरत बालक भिम बहादुर विकलाई सोही ठाउकै २५ बर्षिय भरत बहादुर शाही र उनकी आमा बाटु शाहीले कुटपिट गरेका हुन ।

शाहीका छोरा चक्रबहादुरले भीमलाई आफ्नो भान्साबाट सामान ल्याउन अह्राएका थिए । सामान लिन जाँदा छोएको भन्दै बाटुले दुव्र्यवहार गरेको र उनका छोरा भरतले नीलडाम हुनेगरी कुटपिट गरेको भीमकी आमा जयसराले बताइन् । ‘साँझ गोठालोबाट फर्कंदा छोरो रोइरहेको थियो । शरीर हेर्दा जताततै नीलडाम देखें,’ उनले भन्नि, ‘कुटाइका कारण छोरा रातभर निदाउन सकेन ।’ उनले थपिन् " म बाख्रा चराउन गोठाला गएकी थिए पछी फर्कदा आफ्नो छोरालाई मर्ने गरि पिटेका थाहा भयो ।”  शरीर सुन्निन थालेपछि उनलाई बिहीबार मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार गर्न लगिएको छ । जयसराले कथित माथिल्लो जातका बाटु शाही, उनका छोराहरू चक्र र भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रहरीमा उजुरी दिएकी छन् । 

प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम उजुरी दर्ता गरेको छ । जयसराका श्रीमान् शारीरिक रूपले अशक्त छन् । उनी मजदुरीको सिलसिलामा भारतमा छन् ।  ‘गाउँमा गरिब, दलित भएकै कारण दिनैपिच्छे अपमानित हुनुपरेको छ’ जयसराले दलित हुनुको पीडा पोखिन्, ‘सानातिना अपमान त कति सह्यौँ–सह्यौँ । यसपल्ट त छोराले घरभित्र पठाउने, आमाले कुट्ने भएपछि सहनै सकिनँ ।’

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस् नेपालमा विद्यमान जातीय विभेद तथा छुवाछूतको व्यवहारिक अन्त्य गरी नेपालसरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता, संविधान र कानुनअनुसार  दलित समुदायको मानवअधिकार, आत्मसम्मान र सामाजिक न्यायको सुनिश्चितताका लागि नेपाल सरकारलाई जवाफदेही र दलित समुदायको मानवअधिकारप्रति उत्तरदायी बनाउन अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकारकर्मी, मिडिया र नागरिक संगठनहरुलाई हार्दिक अपिल गर्दछ ।



To support this case, please click here:
SAMPLE LETTER:
Dear __________,

भान्साका सामान छोएको निहुँमा दलित नावालकमाथि कुटपिट

Name Of Victim: Bhima Bahadur BK

Names of alleged perpetrators: Mr. Bharat Bahadur Shai and Ms. Batu Shai

Date of incident: 0000-00-00

Place of incident: Surketh

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार सुर्खेत जिल्ला बराहताल गाउँपालिका कुनाथरी -८ निबासी, बदडादा मा.वी. मा कक्षा ३ अध्ययनरत बालक भिम बहादुर विकलाई भान्साका सामान छोएको निहुँमा गैरदलित छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । 

सुर्खेतको सदरमुकाम बिरेन्द्र नगरबाट करिव ३० किलोमिटरमा पर्ने कुनाथरी गा .वी. स. वडा न -८ निबासी, बदडादा मा.वी. मा कक्षा ३ अध्ययनरत बालक भिम बहादुर विकलाई सोही ठाउकै २५ बर्षिय भरत बहादुर शाही र उनकी आमा बाटु शाहीले कुटपिट गरेका हुन ।

शाहीका छोरा चक्रबहादुरले भीमलाई आफ्नो भान्साबाट सामान ल्याउन अह्राएका थिए । सामान लिन जाँदा छोएको भन्दै बाटुले दुव्र्यवहार गरेको र उनका छोरा भरतले नीलडाम हुनेगरी कुटपिट गरेको भीमकी आमा जयसराले बताइन् । ‘साँझ गोठालोबाट फर्कंदा छोरो रोइरहेको थियो । शरीर हेर्दा जताततै नीलडाम देखें,’ उनले भन्नि, ‘कुटाइका कारण छोरा रातभर निदाउन सकेन ।’ उनले थपिन् " म बाख्रा चराउन गोठाला गएकी थिए पछी फर्कदा आफ्नो छोरालाई मर्ने गरि पिटेका थाहा भयो ।”  शरीर सुन्निन थालेपछि उनलाई बिहीबार मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार गर्न लगिएको छ । जयसराले कथित माथिल्लो जातका बाटु शाही, उनका छोराहरू चक्र र भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रहरीमा उजुरी दिएकी छन् । 

प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ बमोजिम उजुरी दर्ता गरेको छ । जयसराका श्रीमान् शारीरिक रूपले अशक्त छन् । उनी मजदुरीको सिलसिलामा भारतमा छन् ।  ‘गाउँमा गरिब, दलित भएकै कारण दिनैपिच्छे अपमानित हुनुपरेको छ’ जयसराले दलित हुनुको पीडा पोखिन्, ‘सानातिना अपमान त कति सह्यौँ–सह्यौँ । यसपल्ट त छोराले घरभित्र पठाउने, आमाले कुट्ने भएपछि सहनै सकिनँ ।’

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस् नेपालमा विद्यमान जातीय विभेद तथा छुवाछूतको व्यवहारिक अन्त्य गरी नेपालसरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता, संविधान र कानुनअनुसार  दलित समुदायको मानवअधिकार, आत्मसम्मान र सामाजिक न्यायको सुनिश्चितताका लागि नेपाल सरकारलाई जवाफदेही र दलित समुदायको मानवअधिकारप्रति उत्तरदायी बनाउन अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकारकर्मी, मिडिया र नागरिक संगठनहरुलाई हार्दिक अपिल गर्दछ ।

Yours Sincerely,
------------------------------
PLEASE SEND YOUR LETTERS TO:

1. Mr. K.P. Sharma Oli

Prime Minister

Office of the Prime Minister and Council of Ministers of Nepal

Singh Durbar, Kathmandu

P.O. Box: 23312

NEPAL

Tel: +977 1 4211000

Fax: +977 1 4211086

Email: info@opmcm.gov.np


2. Mr. Ram Bahadur Thapa

Home Minister of Nepal

Ministry of Home Affairs

Singh Durbar, Kathmandu

NEPAL

Fax: +977 1 421-1257, 421-1286

Email: gunaso@moha.gov.np


3. Mr. Anupraj Sharma

Chairperson

National Human Rights Commission

Pulchowk, Lalitpur

NEPAL

Fax: +977 1 55 47973

Tel: +977 1 5010015

E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org


4. Mr. Agni Prasad Kharel

Attorney General

Office of Attorney General

Ramshah Path, Kathmandu

NEPAL

Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394

Fax: +977 1 4262582 / 4218051

Email: info@attorneygeneral.gov.np


5. Mr. Sarbendra Khanal

Inspector General of Police

Police Head Quarters

Naxal, Kathmandu

NEPAL

Fax: +977 1 4415593

Tel: +977 1 4412432

Email: phqigs@nepalpolice.gov.np


6. Mr. Sitaram Ghale

Member Secretary

National Dalit Commission

Lalitpur, Nepal.

P.O. Box:13785, Kathmandu

Phone:+977-1-5531148

Fax:+977-1-5531148

Email:info@ndc.gov.np


Thank you.