Home / Issues / पूजा गर्न जाँदा दलितको औंला काटियो, प्रहरीद्वारा मिलापत्र नगरेमा उल्टै पक्राउ गर्ने धम्की
External News Source Link
External Video Link
External Media Link
Related Report Link

पूजा गर्न जाँदा दलितको औंला काटियो, प्रहरीद्वारा मिलापत्र नगरेमा उल्टै पक्राउ गर्ने धम्की

2020-08-31

Urgent Appeal

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड नं. ६, बेलौहा निावासी वर्ष ३२ को पुजारी भनेर चिनिने रामपर्खन कोरी (चमार)माथि स्थानीय गैरदलित समुदायबाट भएको जातीय विभेद, कुटपिट तथा अमानवीय व्यवहारप्रति सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्को गम्भीर ध्यानाकर्षण भएको छ । 

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स)क्षेत्रीय कार्यालय रुपन्देहीबाट प्राप्त जानकारीअनुसार पीडित चमार वैशाखको दोस्रो हप्तामात्र रोजगारीको सिलसिलामा दुई वर्षसम्म कतारमा मजदुरी गरी फर्किएका थिए । 

कतारबाट रोजगारी गरेर सकुशल घर फर्केको खुशीयालीमा वि.सं. २०७४ वैशाख १६ गते विहानैदेखि उनले गाँउँका स्थानीय देवी–देवताका मन्दिर र स्थानहरुमा पूजाआजा गरेका थिए । दिनभर गाउँका मन्दिरहरुमा पूजाआजा गरेपछि बेलुका करिब ८ बजेतिर छिमेकी श्रीपति कुर्मी (४२)को खेतमा रहेको गाउँकी देवी (श्री काडर माई)को पूजा गर्ने क्रममा कुर्मी र उनका परिवारले “तँ साले चमार ! हाम्रो खेतको ‘माई’ स्थानमा पुजा गर्ने ?” भन्दै चमारलाई गालीगलौज गरेका थिए । उनीहरुले “दलितहरुले हाम्रो खेतमा पूजा गरी खेतलाई अशुद्ध बनाइदिएको, दलितरुले छोएको हुँदा अन्न राम्रो उब्जाउ नभएकाले खेत बाँझै रहेको लगायतका आरोप लगाएका थिए । 

खेतमा झगडा हुन थालेपछि चमारका दाजु जगनरायण कोरी, तीर्था कोरीलगायत घटनास्थलमा जम्मा भएका थिए । उनीहरुलाई ‘खेतमा भूत लगाइदिएको’ आरोप लगाउँदै श्रीपति कुर्मी, गोपाल कुर्मी, लखपति कुर्मी, सिताराम चौधरी, प्रभु चौधरीलगायतल खुकुरी, लाठी, भाला प्रयोग गरीे कुटपिट गरेका थिए ।  

श्रीपतिले चमारलाई समातेर “यसैलाई काटेर मन्दिरमा बली दिनु पर्छ” भन्दै टाउको समातेर निहुराई सोही वार्ड निवासी जितेन्द्र कुर्मीलाई घाँटीमा खुकुरी हान्न लगाएका थिए । जितेन्द्रले खुकुरी प्रहार गर्नै लाग्दा चमारका जेठादाई जगनरायण कोरी (५१)ले खुखुरी समाउँदा उक्त खुखुरी चमारको घाँटीमा नलागेर जगनरायणको बाँया हातको औंलामा लागेको थियो । खुकुरी प्रहारबाट उनको बाँयाँ हातका तीनवटा औलाहरु एक इन्चजति काटिएका छन् । घाइते जगनारायणको भैरहवा स्थित मेडिकल कलेजमा भर्ना गरी उपचार भइरहेएको छ । चिकित्सककाअनुसार उनको औंलाको ‘अप्रेसन’ गरी जोड्नु पर्ने अवस्था छ ।  

कुर्मीहरुको कुटाइबाट गम्भीर घाइते भएका जगनरायण कोरी, रामपर्खन कोरी र तीर्था कोरीलाई एम्बुलेन्समा राखी राति करिब १० बजेतिर भैरहवा मेडिकल कलेजमा ल्याई भर्ना गरिएको थियो । घाइते राम पर्खन कोरी र तीर्था कोरी उपचार पश्चात् वि.सं. २०७४ बैशाख १९ गते घर फर्किएका छन् भने जगनराणलाई हाड–जोर्नी सर्जिकलवार्डको पुरुष कक्षको बेड नं. २४ मा राखी उपचार भइरहेको छ ।

पीडितका अनुसार पीडित पक्षले वैशाख १७ गते विहान १० बजे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ‘ज्यान मार्ने उद्योग’ गरेको भनी किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले स्थानीय कविन्द्र चौधरी, रादयाल चौधरी, र श्रीपतिको घरमा हरुवा बसेका बालकृष्ण थारुलाई प्रक्राउ गरेको छ । तर, घटनाका मुख्य दोषिहरु गाउँमै खुल्लमखुल्ला हिँडिरहेका छन् । गरेको भन्दै किटानी जाहेरी दिएका थिए । तर, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रह्लाद अधिकारीले पीडितलाई उल्टै ‘मिलापत्र’ गरे सहज हुने नत्र श्रीपतिले ‘ज्यान मार्ने उद्योग’ गरेको भनी किटानी जाहेरी दिने तयारी गरेकाले प्रहरीले तिमीहरु (चमार)लाई पनि थुन्ने धम्की दिइरहेका छन् ।  

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वार्ड नं. ६ बेलौहा गाँउमा करिब एक सय घरधुरीमध्ये १५ घर कर्मीहरु छन् । प्रायः शिक्षित र धनाड्य कुर्मी समुदायले स्थानीय दलित समुदायमाथि जातीय भेदभाव र शोषण गर्दै आएको छ । प्रायः दलित समुदायहरु  जमिन्दारहरुको घरमै मजदुरी गर्दै दास, हरुवा चरुवाका रुपमा जीवन गुजारा गर्दै आएका छन् । पीडित रामपर्खनलगायत स्थानीय पढेलेखेका र गैरदलितहरुको विभेद र शोषणाको विरोध गर्ने दलित समुदायका अगुवाहरु गैरदलितहरुको कुटाईको निसाना बन्ने गरेका छन् । 

नेपालमा दलित समुदायमाथि जातकै आधारमा हुने गम्भीर मानवअधिकार उल्लङ्घनको सवाल दलित संस्थाबाहेक अन्य मानवअधिकारवादी संस्थाहरुको चासोको विषय बन्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगसमेत यस्ता विषयमा विरलै बोल्ने गरेको छ । पछिल्लो पटक काभ्रेका अजित मिजारको अन्तरजातीय विवाहका कारण गरिएको हत्या सम्बन्धमा मानवअधिकार आयोग मौन रह्यो । त्यसैगरी लक्ष्मी परियार हत्या घटनाको आयोगले प्रतिवेदन सार्वजनिक गरेन । त्यसैगरी दलित समुदायमाथि सदियौंदेखि भइरहेको विभेद, छुवाछूत र बहिष्करणका विषयमा नेपालमा क्रियाशील संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग र अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरुले पनि कमै चासो दिने गरेका छन् ।

सन् १९६५ मा संयुक्त राष्ट्रसंघले सबै प्रकारका जातीय विभेद उन्मुलनसम्वन्धी महासन्धि पारित गरेको थियो । नेपालले ३० जनवरी मे १९७१ मा यो महासन्धिको पक्ष राष्ट्र बनेको थियो । यद्यपि, हालसम्म पनि जनसङख्याको २० प्रतिशत भाग ओगटेको नेपाली दलित समुदायले जातीय विभेद, बहिष्करण र असमानताको क्रुरता भोग्न बाध्य छन् । यसबाट नेपाल सरकारले नेपालको संविधान २०७२को धारा १६, १८, २०, २४ र धारा ४० र सबै किसिमका जातीय तथा रंगभेद विरुद्धको महासन्धि, १९६५ को समेत गम्भीर उल्लङ्घन गरेको ठहर्छ । 

हामी यस घटनाका पीडितलाई क्षतिपूर्ति सहितको न्याय र पीडकलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार आवश्यक कानुनी कारवाही गरी नेपालमा सरकारले जातीय विभेद तथा छुवाछूतको व्यवहारिक अन्त्यका जोडदार माग गर्दछौं । त्यसैगरी नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय समुदाय समक्ष गरेको प्रतिवद्धता, संविधान र कानुनअनुसार  दलित समुदायको मानवअधिकार, आत्मसम्मान र सामाजिक न्यायको सुनिश्चितताका लागि नेपाल सरकारलाई जवाफदेही र दलित समुदायको मानवअधिकारप्रति उत्तरदायी बनाउन अन्तर्रा्ष्ट्रिय समुदाय, मानवअधिकारकर्मी, मिडिया र नागरिक संगठनहरुलाई हार्दिक अपिल गर्दछौं ।

To support this case, please click here:
SAMPLE LETTER:
Dear __________,

पूजा गर्न जाँदा दलितको औंला काटियो, प्रहरीद्वारा मिलापत्र नगरेमा उल्टै पक्राउ गर्ने धम्की

Name Of Victim: Mr. Ram Pharkhan Koiri, Mr. Jagnarayan Koiri and Thirtha Koiri

Names of alleged perpetrators: Mr. Shree Pati, Mr. Lakhapati, Mr. Gopal Kurmi and Mr. Sitaram Chaudhari

Date of incident: 0000-00-00

Place of incident: Belauha-6, Kapilbastu

Yours Sincerely,
------------------------------
PLEASE SEND YOUR LETTERS TO:

1. Mr. K.P. Sharma Oli

Prime Minister

Office of the Prime Minister and Council of Ministers of Nepal

Singh Durbar, Kathmandu

P.O. Box: 23312

NEPAL

Tel: +977 1 4211000

Fax: +977 1 4211086

Email: info@opmcm.gov.np

2. Mr. Ram Bahadur Thapa

Home Minister of Nepal

Ministry of Home Affairs

Singh Durbar, Kathmandu

NEPAL

Fax: +977 1 421-1257, 421-1286

Email: gunaso@moha.gov.np

3. Mr. Anupraj Sharma

Chairperson

National Human Rights Commission

Pulchowk, Lalitpur

NEPAL

Fax: +977 1 55 47973

Tel: +977 1 5010015

E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org

4. Mr. Agni Prasad Kharel

Attorney General

Office of Attorney General

Ramshah Path, Kathmandu

NEPAL

Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394

Fax: +977 1 4262582 / 4218051

Email: info@attorneygeneral.gov.np

5. Mr. Sarbendra Khanal

Inspector General of Police

Police Head Quarters

Naxal, Kathmandu

NEPAL

Fax: +977 1 4415593

Tel: +977 1 4412432

Email: phqigs@nepalpolice.gov.np

6. Mr. Sitaram Ghale

Member Secretary

National Dalit Commission

Lalitpur, Nepal.

P.O. Box:13785, Kathmandu

Phone:+977-1-5531148

Fax:+977-1-5531148

Email:info@ndc.gov.np

Thank you.