बीरेन्द्रनगर नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

बीरेन्द्रनगर नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बीरेन्द्रनगर नगरपालिका

कर्णाली प्रदेशको राजधानीका रुपमा रहेको यस वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रुपमा रहेकोमा नेपाल सरकारका विभिन्न समयका निर्णय बमोजिम हाल १६ वडामा विभाजन गरिएको छ । नेपालको राजधानी काठमाण्डौं देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा समुन्द्री सतहबाट लगभग ६६५ मी. मा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानांङला  र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । नगरपालिकाको विस्तार अघि ३६ वर्ग कि.मी. क्षेत्रफल ओगटेकोमा हाल न.पा.को कूल क्षेत्रफल २४५.८५ वर्ग कि.मी. रहेको छ ।

 

यस नगरपालिका पूर्वमा पाम्का र साटाखानी गा.वि.स., पश्चिममा हरिहरपुर गा.वि.स., कुनाथरी गा.वि.स र लेखगांउ गा.वि.स., उत्तरमा दैलेख जिल्लाको गोगनपानी गा.वि.स., दक्षिणमा भेरी नदी रहेका छन् । 
वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ २०२३ सालबाट भएको पाइन्छ । यस भन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका  क्षेत्रमा) औलो लाग्ने हु“दा जिल्ला सदरमुकाम गढी गा.वि.स. मा रहेको र उपत्यकामा फाटफुट रुपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरुलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो । 


वीरेन्द्रनगर नगरपालिकामा औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरी स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको बाहुल्यता पाइन्छ । ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी÷सन्यासी आदि यहा“का प्रमुख जातिहरु हुन् । विभिन्न स्थानबाट बसाई सरी आएकाले यहा“को चालचलन रीतिथिति र स“स्कृतिमा समेत विविधता पाईन्छ । 
वीरेन्द्रनगर नगरपालिकामा वि.सं. २०२२ मा विमानस्थल स्थापना भई नियमित उडान र वि.सं. २०३८ मा रत्नराजमार्ग सडक निर्माण कार्य सम्पन्न भई नियमित रुपमा सडक यातायात सेवा शुरु भए पश्चात् वीरेन्द्रनगर कर्णाली अञ्चलका जिल्लाहरुको प्रवेशद्वारका रुपमा स्थापित भएको छ । कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुंदा यो पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकिय केन्द्र समेत बन्न पुगेको छ । यसको पूर्वबाट भेरी नदी र पश्चिमबाट कर्णाली नदी बगेकोले ¥याफ्टीङ् गरी आनन्द लिन आउने पर्यटकहरुका लागि समेत यो आकर्षक स्थलको रुपमा परिणत हुन पुगेको छ । 


पहिले चौहानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यो नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिका मध्येको एक हो । स्वर्गीय राजा वीरेन्द्रबाट देशको सन्तुलित विकासको निम्ति चार विकास क्ष्ँेत्रमा विभाजन गर्दा वीेरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने हाल मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामका रुपमा रहेको छ । वीरेन्द्रनगरको भौतिक विकास योजना स्व. राजा वीरेन्द्रकै निर्देशनमा एक उच्चस्तरीय प्राविधिक टोलीद्वारा तयार गरी २०२९ साल माघ १६ गते वीरेन्द्रनगर नगरयोजना स्वीकृत गरी कार्यान्वयन गरिंदै आएको छ । पेरिस जस्तो सुन्दर शहरको रुपमा विकास गर्ने लक्ष्य लिई बनाइएको वीरेन्द्रनगरको गुरुयोजनालाई मूर्तरुप दिन वीरेन्द्रनगरका विभिन्न क्ष्ँेत्रमा आवश्यक जग्गा अधिग्रहण गरिएको छ । यति खेर वीरेन्द्रनगरका १ देखि १२ वडाको सडक गुरुयोजना कार्यान्वयनमा आइरहेका छ । यस क्षेत्रमा प्रदेशको माग गर्दै भएको आन्दोलनको उपलब्धी र आन्दोलनमा शाहदत प्राप्त शहिदको सपनालाई वीरेन्द्रनगरको परिकल्पना “शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर” संग प्रत्यक्ष सम्बन्धित बनाउने दिशामा नगरपालिका जुटेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    १५३,८६३

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २,६८६

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १२,५५४

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ३४,६६१

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ५२,९३९

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ४,३९४

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    २,७५७

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ५,८२०

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४९

  • लैङ्गिक अनुपात २

    ९५

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ४३,०८८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ७,२०१

२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल २
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ४
  • गाउँघर क्लिनिक १३
  • खोप क्लिनिक ३७
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ८
  • बर्थिंग सेन्टर ७

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम ८
  • पोलिक्लिनिक १२
  • औषधि पसल २९

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ८
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र २०
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक ३०५
  • निजी १२०
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
धारापानी आ स्वा के १ छैन ८ - ३ साधनहरू २ २ १
उत्तरगंगा स्वा चौ २ छ १२ २ ५ साधनहरू ५ ४ -
दौलतपुर श स्वा के २ छैन ७ - ३ साधनहरू ३ ३ २
प्रगतिनगर आ स्वा के ३ छैन १० १ ५ साधनहरू २ ४ १
हिलेखाली आ स्वा के ४ छैन ८ - ५ साधनहरू २ ३ १
चिसापानी आ स्वा के ५ छैन ६ - ४ साधनहरू २ २ -
नगर अस्पताल ६ छ ७ १ ५ साधनहरू १८ ८ २
कटकुवा स्वा चौ ७ छैन ७ १ ५ साधनहरू ५ २ -
नौलापुर आ स्वा के ८ छैन ७ १ ५ साधनहरू २ ५ -
लाटिकोईली स्वा चौ ९ छैन १५ २ ५ साधनहरू ५ ६ २
पर्सेनी स्वा क्लि ९ छैन - - ३ साधनहरू - १ १
घुस्रा आ स्वा के १० छैन १९ १ ५ साधनहरू २ ३ १
पिपिरा आ स्वा के ११ छैन १२ - ४ साधनहरू २ ४ १
नेवारे आ स्वा के १२ छैन ८ - ३ साधनहरू २ ३ ३
जर्वुटा स्वा चौ १३ छ १२ २ ४ साधनहरू ५ ४ २
गरगरे श स्वा के १३ छैन ७ - ३ साधनहरू २ २ २
गढी स्वा चौ १४ छ १५ १ ५ साधनहरू ५ ४ २
रतु स्वा चौ १५ छ ५ १ ४ साधनहरू ५ २ -
रतु श स्वा के १५ छैन ४ - ३ साधनहरू २ २ २
शानिलेख स्वा चौ १६ छ ९ १ ४ साधनहरू ५ २ २
कुल कर्मचारी संख्या १७८ १४ ७६ ६६ २५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. बार्षिक प्रतिवेदन २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४४
  • जनसंख्या (प्रति मस्वास्वका) ८६४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २३३१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३१४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ६२८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ७६९३२
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १५३८६

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज २४८ १६१ २१२ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १५२ ११२ १३८ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १३७ १०३ १३० ९५ ९४.७  
जे.इ कभरेज १४४ १५७ १३१ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १२० ८५ १०४ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १० १७.३ ९ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत २०२ ६२ १३२ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.६ १.९ २.५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत १३६ १२९ १४० ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत २७५ १८७ २५३ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० २० ९८ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १०० ४० ५४ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११५ २१ ५९ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ५९ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २१४ ९९ १३९ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९ १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ५० ४४ ४० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९४.८ १३२ १५७ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत १३६.८ ११५ १३९ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २७५ १८५ २५२ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २७४ १८२ २५० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २५ २५ १३४ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ३ ६ ६ १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २२.१ २०.२ २१ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.०७ ०.६३ ०.३ ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ६६.७ ६६.७ ८० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १५२ १३४.६ १५४ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८९ १३४.६ ८९ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.५ ०.४६ ०.५६ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ३९ ० ५६ ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १५७.४ १३६.४ १५७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८०/८१
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बीरेन्द्रनगर नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) १,५६५,२६२,६३५ १,९४१,११२,५०० ३,०२६,१८९,९६७
स्वास्थ्य बजेट (सबै स्रोत) १०९,७२९,००० ९७,९००,००० ११३,९९६,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ८५,७२९,००० ६४,६००,००० ७३,९१४,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २३,४००,००० ३३,०००,००० ४०,०८२,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६००,००० ३००,०००
बजेट खर्च (%) ९१ - ९०
तालिका

महत्वपूर्ण सम्पर्क

Birendranagar Municipality

ठेगाना : वीरेन्द्रनगर सुर्खेत

टेलिफोन : ९७७-८३-५२०७५३

वेबसाइट : birendranagarmun.gov.np

मेयर

नाम : मोहनमाया भण्डारी (ढकाल)

सम्पर्क : ९८५८०६२००३

ईमेल : mohanmaya22@gmail.com

उप-मेयर

नाम : निलकण्ठ खनाल

सम्पर्क : ९८४८०२९१०५

ईमेल : nilkanthakhanal99@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : लक्ष्मी प्रसाद बास्कोटा

सम्पर्क : ९८५८०६३१११

ईमेल : gbd2028@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : भुपेन्द्रदेव गिरी

सम्पर्क : ९८४८०४७४८५

ईमेल : bhupengiri85@gmail.com

जन स्वास्थ्य निरिक्षक

नाम : नविन भुसाल

सम्पर्क : ९८५८०६०२६०

ईमेल : nabing2010@gmail.com

नर्सिङ्ग प्रमुख

नाम : अर्चना न्युपाने

सम्पर्क : ९८४४८३४७७७

ईमेल : -

सि अ हे व

नाम : युद्ध वहादुर मन्दिर

सम्पर्क : ९८४८०८८२६६

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-08 22:52:15